व्यवसायी तथा मजदुरलाई अनावश्यक दुःख नदिन सुनचाँदी रत्न तथा आभुषण महासङ्घको आग्रह

पाेखरा | साउन २५, २०८२

व्यवसायी तथा मजदुरलाई अनावश्यक दुःख नदिन सुनचाँदी रत्न तथा आभुषण महासङ्घको आग्रह

पोखरा:  पोखरा महानगरपालिकाका विभिन्न स्थानमा आभूषण निर्माण व्यवसाय गर्दै आएका ११ जना भारतीय नागरिकलाई “सुनचाँदीको अवैध कारोबारमा संलग्न” भएको आरोपमा कास्की प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ ।


महासङ्घका महासचिव नीर बहादुर विश्वकर्माले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै गत शुक्रबार व्यवसाय गर्दै आएका ११ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति महासङ्घले  ध्यानाकर्षण भएको जनाएको हो । 


ुपिडित पक्षहरुको निवेदन अनुसार उनीहरु मध्ये अधिकांशले नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई व्यवसाय गर्दै आएको र कतिपयले केवल ज्याला मजदुरी स्वरुप अरुको सुन लिएर कालिगढी गरी गहना निर्माण र ज्याला मजदुरी लिने गरेको बुझिएको छ,ुजारी प्रेस विज्ञप्तिमा भनिएको छ ।


महासङ्घले यस विषयमा सत्य तथ्य स्पष्ट रूपमा बुझी मात्र दोषी ठहरिएकामाथि कानुनी प्रक्रिया अघि बढाउन र यथार्थ नबुझी हचुवामा व्यवसायी तथा मजदुरलाई दुःख दिने वा झमेलामा पार्ने कार्य रोक्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।


साथै, महासङ्घले नेपालको प्रचलित कानुनअनुसार निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

 

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...

थप पढ्नुहोस्

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्