व्यवसायी तथा मजदुरलाई अनावश्यक दुःख नदिन सुनचाँदी रत्न तथा आभुषण महासङ्घको आग्रह
पाेखरा | साउन २५, २०८२
पोखरा: पोखरा महानगरपालिकाका विभिन्न स्थानमा आभूषण निर्माण व्यवसाय गर्दै आएका ११ जना भारतीय नागरिकलाई “सुनचाँदीको अवैध कारोबारमा संलग्न” भएको आरोपमा कास्की प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ ।
महासङ्घका महासचिव नीर बहादुर विश्वकर्माले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै गत शुक्रबार व्यवसाय गर्दै आएका ११ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति महासङ्घले ध्यानाकर्षण भएको जनाएको हो ।
ुपिडित पक्षहरुको निवेदन अनुसार उनीहरु मध्ये अधिकांशले नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई व्यवसाय गर्दै आएको र कतिपयले केवल ज्याला मजदुरी स्वरुप अरुको सुन लिएर कालिगढी गरी गहना निर्माण र ज्याला मजदुरी लिने गरेको बुझिएको छ,ुजारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
महासङ्घले यस विषयमा सत्य तथ्य स्पष्ट रूपमा बुझी मात्र दोषी ठहरिएकामाथि कानुनी प्रक्रिया अघि बढाउन र यथार्थ नबुझी हचुवामा व्यवसायी तथा मजदुरलाई दुःख दिने वा झमेलामा पार्ने कार्य रोक्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
साथै, महासङ्घले नेपालको प्रचलित कानुनअनुसार निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

